रेफ्रीमाथिकाे हातपातमा खै कारवाही ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१८
  • |
  • 589 पटक हेरिएको

बिकास, अनुशासन र गतिशिलता नेपाली खेलकुदका मुख्य मन्त्र मानिन्छन । अझ फुटबलमा त फिफा धुनसँगै माइ गेम इज फेयर प्ले अर्थात मेरो प्रतिष्पर्धा स्वच्छ हुन्छ भन्ने प्रतिबद्धता गरिन्छ ।

जुन दर्शक, खेलाडी, अफिसियल सबैले स्विकारेका हुन्छन । तर नेपाली फुटबलमा खेलाडी, अफिसियल र दर्शकहरुमा यी कुराको अभाव हुदा मोफसलमा हुने बिभिन्न गोल्डकपमा रेफ्रि माथी हुने आक्रमणका घटना बढेका छन ।

मोरंगको लक्ष्मीमार्गमा रहेको यही मैदानमा केही बर्षअघि भएको राष्टिय फुटबल लिगमा फिफा रेफ्री सुदिश पाण्डे माथी आक्रमण हुदा मोरंग जिल्ला फुटबल संघका प्रशिक्षक पारस चौधरी, सहायक प्रशिक्षक मनिष तिम्सिना सहित केही खेलाडी २ बर्षसम्म प्रतिबन्धमा परेका थिए ।

त्यसयता रेफ्रिमाथी हुने आक्रकण केही मत्थर भएपनि मोरंगकै बिभिन्न स्थानमा भएका गोल्डकपमा दोहोरिएका छन । गत चैत्र १७ गते मोरंगको पथरीशनिश्चरेमा भएको गोल्डकपमा पनि एन्फा रेफ्रि जमुना मगरमाथी आक्रमण भयो ।

त्यसको दुइ सातापछी मोरंगकै सुन्दरहरैचामा आयोजित मेयरकप फुटबलमा पनि एन्फा रेफ्री बिनोद धिमालमाथी आक्रमण भयो । बारम्बार आक्रमण हुन थालेपछी रेफ्रीहरु त्रसित भएका छन । उनीहरू खेलमा संलग्न हुने की नहुने भन्रेमा दाेधारमा पर्न थालेका छन । यसका स्थानीय अायाेजककाे पनि केहि कमजाेरी देखिन्छ ।

प्रतियाेगिताका बेला कुनैपनि अप्रिय घटना भएमा त्यसकाे छानविन गरेर दाेशीलाइ तुरून्दै कारवाही गर्ने नियम बनाउन निकै जरूरी देखिएकाे छ । फुटवल खेलको आयोजना र व्यवस्थापनमा आयोजकको कमजोरीले गर्दा पनि फुटवल खेलाउन मैदान ओर्लेका रेफ्रीहरु असुरक्षित हुने गरेका छन् ।

यसो त अपरिपक्क निर्णयले समेत कहिलेकाही रेफ्रिहरु अनुशासनहिन खेलाडी र उत्तेजित दर्शकको आक्रमणको शिकार पनि हुने गरेका छन् । रेफ्रिहरुले पनि आफ्नो निर्णय क्षमतालाइ अब्बल बनाउदै लानुपर्ने फुटबलका पदाधिकारीहरूकाे भनाइ छ ।

क्लबहरुले आफुलाइ अब्बल बनाउन ठुलो लगानी र धनराशी खर्च गरेका हुन्छन । रेफ्रिको एउटा गलत निर्णयले पनि उनीहरुको लगानी डुब्न सक्छ । तसर्थ फुटबल खेललाइ ब्यवस्थित र निश्पक्ष बनाउँन एन्फा, आयोजक र खेलाडी मात्र होइन रेफ्रिहरु समेत जिम्मेवार हुनु आवश्यक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey