एनएसएलः पाेखरा थन्डर्स र काठमाडाैं रेजर्सविचकाे पहिलाे हाफ गाेलरहित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१७
  • |
  • 513 पटक हेरिएको

नेपाल सुपर लिगमा अहिले पोखरा थन्डर्स र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा पहिलो हाफ सकिँदा दुबै टिमले गोलरहित बराबरी खेले ।

दशरथ रंगशालामा पहिलो हाफमा पोखराले केहि राम्रो फुटबल खेलेको थियो । उसले पहिलो हाफमा नै तीन वटा सुन्दर मौका पाएपनि त्यसलाई आत्मसाथ गर्न सकेन ।

२० औं मिनेटमा काठमाडौंका गोलकिपर विकेश कुथुको गल्तिको फाइदा पोखरा थन्डर्सले लिन सकेन । डिबक्स भित्र पाएको बललाई पोखराका स्ट्राइकरले सहि दिशा दिन सकेनन् ।

२३ औं मिनेटमा आयुष घलाङको हेडको प्रयास हावामा रह्यो । ३० औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट मौका खेर फाले । उनले डिबक्स भित्र पाएको मौकामा दुई पटक प्रहार गर्न खोज्दा राम्रोसँग कनेक्ट हुन सकेन ।

३४ औं मिनेटमा रवि पासवानले पाएको मौकामा आफैले प्रहार नगर्दा पोखराले अवसर गुमायो । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey