आइपीएलः पञ्जावविरुद्ध दोस्रो जितको खोजीमा कोलकाता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१३
  • |
  • 351 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा आज पञ्जाव किंग्सले कोलकाता नाइटराइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

अहमदावादमा हुने खेल नेपाली समय अनुसार राती पौन आठ बजेबाट सुरु हनेछ । जारी लिगमा दुबै टिमको प्रदर्शन खासै राम्रो हुन सकेको छ ।

अहिलेसम्म खेलका पाँच खेलमा मात्र एक जित निकालेको कोलकाता पुछारमा रहेको छ । यस्तै पञ्जावले पाँच खेमला दुई जित निकाल्दै पाँचौं स्थानमा रहेको छ ।

यदि आजको खेलमा जित निकालेमा पञ्जाव शिर्ष चारमा पुग्नेछ । यता कोलकाता चार खेलमा पराजित हुँदा आजको खेलमा जित नै मुख्य लक्ष्य हुनेछ । यो सिजनमा यी दुई टिम पहिलो पटक खेल्न लागेका हुन ।

अघिल्लो सिजनमा दुई खेलमा दुबैले एक एक जित निकालेका थिए । लिगको पहिलो खेलमा कोलकाता दुई रनले विजयी भएको थियो भने दोस्रो खेलमा पञ्जाव आठ विकेटले पराजित भएको थियो ।

आइपीएलमा अहिलेसम्म एउटा पनि उपाधि जित्न नसकेको पञ्जावले कोलकातासँग खेलेका पछिल्ला पाँच खेलमा चारमा हार ब्यहोरेको छ ।

पञ्जावमा लोकेश राहुल क्रिस गेल लगायतका विस्फोटक खेलाडी भएपनि यो सिजनमा सोचेको जस्तै प्रदर्शन गर्न सकेका छैनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey