कुशल मल्लको नाममा नयाँ विश्व किर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 454 पटक हेरिएको

बायाँ हाते ब्याट्सम्यान कुशल मल्लले शनिबार सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा नयाँ विश्व कीर्तिमान बनाएका छन । उनले टी २० अन्तराष्ट्रियमा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड आफ्नो नाममा लेखेका हुन ।

उनले युगान्डाका ब्याट्सम्यान फ्रांक अक्कांवासको रेकर्डलाई तोड्दै टी २० मा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बने । कुशलले शनिबार टी २० मा करियरको पहिलो अर्धशतक बनाउँदा १७ बर्ष ५० दिन उमेर थियो । यसअघि यो रेकर्ड बनाएका फ्रांकले १७ बर्ष ५२ दिनमा अर्धशतक बनाएर रेकर्ड बनाएका थिए ।

टी २० अन्तराष्ट्रियमा यसअघि नेपाली खेलाडी सन्दिप जोराले नै कम उमेरमा अर्धशतक बनाउने रकेर्ड बनाएका थिए । जुन फ्रांकले तोडेका थिए । जोराले यूएईविरुद्ध टी २० मा डेब्यु गर्दा १७ बर्ष एक सय तीन दिनको हुँदा अर्धशतक बनाएका थिए ।

कुशलले शनिबार भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा २४ बलमा पाँच छक्का र चार चौका सहित ५० रन बनाएका थिए । यसका साथै अब कुशल एकदिवसिय र टी २० मा कम उमेरमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन । उनले नेपालमा नै भएका आइसीसी विश्वकप क्रिकेट लिग टु मा १५ बर्ष तीन सय ४० दिन उमेर हुँदा डेब्यु गरेका थिए ।

जसमा उनले ५१ रनको पारी खेलेका थिए । त्यो बेला कुशलले नेपालकै रोहित कुमार पौडेलको रेकर्ड तोेडेका थिए । रोहितले पनि यूएईविरुद्धको एकदिवसिय सिरिजमा १६ बर्ष एक सय ४६ दिनमा अर्धशतक बनाएका थिए ।

रोहितले उक्त समयमा भारतीय खेलाडी सचिन तेन्दुलकरको रेकर्डलाई ब्रेक गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey