नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 537 पटक हेरिएको

नेपाल सुपर लिगको विजेताले ३५ लाख रुपैयाँ पाउने भएका छन । सुपर लिग आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स प्रालीले आज पत्रकार सम्मेलन आयोजना गरेर विजेता टिमले पाउने रकमको खुलासा गरेको हो ।

जसमा विजेताले ३५ लाख र उपविजेताले १५ लाख पाउने बताइएको छ । विधागत रुपमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछ । यस्तै इमर्जिङ खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कार रहेको छ ।

यस्तै हरेक खेलको म्यान अफ दी म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै हरेक खेलमा इमर्जिङ खेलाडीको पनि घोषणा हुनेछ । जसको विजेताले १० हजार रुपैयाँ पाउनेछन ।

सात टिमको सहभागिता रहेको प्रतियोगिता बन्द रंगशालामा खेलाइने भएको छ । सरकारले नै रंगशालामा दर्शकलाई प्रवेश नगर्न निर्देशन दिएपछि आयोजकलाई ठूलो घाटा लागेको छ ।

यसका साथै शनिबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताइएको छ । एनएसएलमा सात टिमको सहभागिता हुनेछ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी खेल्नेछन । दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey