चितवनका विकाशले एनएसएल गुमाउने, चोटले तीन महिना बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 586 पटक हेरिएको

चितवन सिटी एफसीका डिफेन्डर विकाश तामाङले नेपाल सुपर लिग नखेल्ने भएका छन । उनले चोटका कारण तीन महिना मैदान बाहिर हुने भएका छन ।

पछिल्लो पटक एएफसी कपको दोस्रो चरणको छनौटका क्रममा बैंग्लुरुसँगको खेलमा उनको खुट्टामा चोट लागेको थियो । तर पछिल्लो पटक उनले खेल्न नसक्ने भएपछि तीन महिना आराम गर्नुपर्ने भएको हो ।

उनको खुट्टाको एंकल टियर भएको र डाक्टरले तीन महिना आराम गर्नुपर्ने बताएका छन । जसका कारण उनले नेपाल सुपर लिग खेल्न नपाउने भएका छन । उनको स्थानमा चितवनले जितेन्द्र कार्कीलाई ल्याएको छ ।

चितवनले नेपाल सुपर लिगमा आफ्नो पहिलो खेलमा सोमबार ललितपुरसँग खेल्नेछ ।

भरत खवास मार्की खेलाडी रहेको चितवनले विदेशी खेलाडीमा दुई जना इजिप्टबाट र एक जना युरोपबाट झिकाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey