त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समर्थकले नै पुरस्कार दिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१०
  • |
  • 409 पटक हेरिएको

नेपालमा जारी त्रिकोणात्मक टी २० सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र म्यान अफ दी म्याच हुने खेलाडीलाई अमेरीका र बेलायतमा रहेका समर्थकले पुरस्कार दिने भएका छन । नेप्लिज क्रिकेट नर्थ क्यारोलाइना र नेपाल क्रिकेट फ्यान क्लव मिलेर नगद पुरस्कार दिने भएका छन ।

त्रिकोणात्मक टी २० क्रिकेट प्रतियोगितामा मयन अफ दी म्याच हुने खेलाडीलाई कुनैपनि पुरस्कारको ब्यवस्था नगेरेको जसले गर्दा खेलाडीलाई पनि खिन्न महसुस नहोस भनेर यो पुरस्कार दिन लागिएको बताइएको छ ।

सो क्लवले विज्ञेप्ती नै जारी गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने र म्यान अफ दी म्याच हुने खेलाडीलाई मिलेर पुरस्कार दिन लागेको बताएको छ । जसमा म्यान अफ दी म्याच र उत्कृष्ट खेल्ने खेलाडीलाई एक सय डलर दिने भएका छन ।

यस्तै नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा नै कीर्तिमानी एक सय १६ रनको साझेदारी गरेका आशिफ शेख र कुशल भुर्तेललाई एक सय २५ डलर दिइने भएको छ । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले पनि एक सय डलर पाउनेछन । उनले नेदरल्याण्ड्सविरुद्धको खेलमा टी २० मा करियरको पहिलो अर्धशतक बनाएका थिए ।

साथै म्यान अफ दी म्याच बनेका कुशल भुर्तेल, करण केसी, सोमपाल कामीले पनि एक एक सय डलर पाउने भएका छन ।

सो पुरस्कार प्रतियोगिता सकिएपछि खेलाडीलाई दिने बताइएको छ ।

प्रतियोगितामा नेपालले चार खेलमा तीनमा जित र एक हार ब्यहोरेको थियो । अब नेपालले उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey