मलेसिया टस जितेर बलिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 536 पटक हेरिएको

त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत अहिले मलेसिया र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुर मैदानमा मलेसियाले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको छ ।

कोरोना महामारीका कारण अन्य विश्वस्तरका प्रतियोगिता स्थगित भएका बेला नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । डबल राउण्ड रोविन लिग अनुसार जारी यो प्रतियोगितामा मलेसियाले लगातार दुई खेलमा पराजय भोगको छ ।

आजको खेलमा मलेसिया पराजित भएमा नेपाल एक खेल अगावै फाइनल पुग्ने छ भने उपाधिका लागि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । अहिले तीन खेल मध्य नेपालले २ खेलमा जित हात पार्दै शीर्ष स्थानमा आफूलाई राखेको छ ।

यसैगरी नेदरल्याण्डसले पनि २ खेलमा जित हात पार्दा मलेसियाले जितको स्वाद लिएको छैन । समूह चरणको अन्तिम खेल अन्तर्गत नेपालले विहीबार मलेसियासँग खेल्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey