नेपालकाे पाँचाै सफलता, सन्दिपले लिए चाैथाे विकेट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 236 पटक हेरिएको

जवाफमा नेपालले नेदरल्याण्ड्सको स्कोर १४ रन हुँदा पहिलो विकेट लिन सफल भयो । मलेसियाविरुद्ध शतक प्रहार गरेका म्याक्स ओदोउदलाई सन्दिप लामिछानेले नौ रनमा आउट गरे ।

दोस्रो विकेटका लागि टोबीस भिसी र बेन कुपरले अर्धशतकीय साझेदारी गरेका थिए । तर भिसीलाई सन्दिपले नै ब्यक्तिगत १५ रनमा पेभेलियन फर्काए ।

त्यसपछि नेदरल्याण्ड्सको स्कोर एक सय ३३ रन हुँदा सन्दिपले नै तेस्रो सफलता दिलाए । उनले बेन कुपरलाई ५५ रनमा दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

त्यसको लगत्तै नेदरल्याण्ड्सले चौथो विकेट गुमायो । उसको स्कोर एक सय ३३ रन हुँदा आर्यन दत्तलाई कुशल मल्लले ऐरीको हातबाट क्याच आउट गराए । उनले खाता खोल्न सकेनन् ।

पाँचौ विकेटका लागि डास डी लिडी र कप्तान पिटर सेलारविच ४९ रनको साझेदारी गरेका थिए । तर पिटरलाई सन्दिपले ब्यक्तिगत ३१ रनमा आउट गरे । उनले लगातार तीन छक्का खाएपछि विकेट लिएका हुन । जसका कारण नेदरल्याण्ड्सले एक सय ८२ रनमा पाँच विकेट गुमायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey