टी-२० बरियतामा नेपाल एक स्थानमाथि
- नेप्लेज
- |
- २०७८-०१-०६
- |
- 602 पटक हेरिएको
अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले जारी गरेको विश्व टी २० बरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
नयाँ बरियतामा नेपाल १५ औं स्थानबाट १४ औं स्थानमा उक्लिएको छ । उसले स्कटल्याण्डलाई पछि पार्दै १४ औं स्थानमा उक्लिएको हो ।
नेपाल भन्दा अगाडी यूएई १३ औं स्थानमा छ । नयाँ बरियतामा नेपालको एक सय ८२ रेटिङ रहेको छ ।
नयाँ बरियता अनुसार नेपाल भन्दा पछाडी पीएनजी, नेदरल्याण्ड्स ओमान र नामिविया छन । पीएनजी १६ औं, डच टिम १७, ओमान १८ र नामिबिया १९ औं स्थानमा छन ।
नेपालले लामो समयपछि टी २० प्रतियोगिता अन्तगर्त घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ । जसमा नेपालले दुई खेलमा दुई जित निकालेको छ ।