क्रिकेट खेल हेर्न टिकट काटेका दर्शकले पैशा फिर्ता पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०६
  • |
  • 348 पटक हेरिएको

नेपालमा जारी त्रिकोणात्मक टी २० सिरिजमा दर्शक राख्ने नराख्ने विषयमा आयोजक नेपाल क्रिकेट संघ क्यान निकै लचिलो देखिएको छ ।

नेपाल सरकारको मन्त्री परिषद्को बैठकले प्रतियोगितामा दर्शक राख्न नपाइने निर्णय गरेसँगै क्यानले पनि खेलका बेला दर्शक नराख्ने विषयमा अध्ययन गरिरहेको बताएको छ ।

सरकारको निर्णय आएपछि सोमबारको खेलमा दर्शक के हुन्छ भन्ने प्रश्नमा सचिव अशोकनाथ प्याकुरेलले सरकारको निर्णयलाई मान्ने पर्ने र कति सम्म दर्शक राख्न पाउने हो या होइन भन्ने बुझिरहेको र शुन्य दर्शक राख्नुपर्ने भन्ने भएमा दर्शकलाई प्रवेश नगराउने बताए ।

उनले दर्शकविना नै प्रतियोगिता गर्न कठिन नभएको र सरकारको निर्णयलाई सबैले मान्नेपर्ने भएका खेलका बेला दर्शक नराख भनेपछि त्यो गर्नुपर्ने बताए । साथै उनले टिकट खरिद गरेका समर्थकको पैशा प्राविधिक रुपमा मिलाएर फिर्ता गर्न सकिने बताए ।

सोमबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले रंगशालामा दर्शकसहित खेल खेलाउन नपाउने निर्णय गरेको थियो । यो निर्णय पछि अब खेलका दौरान बैशाख मसान्तसम्म दर्शकको सहभागित हुन नपाउने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey