दिल्लीकाे दाेस्राे जित, पञ्जाव ६ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 328 पटक हेरिएको

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । आइतबार राती भएको खेलमा दिल्लीले पञ्जाव किंग्सलाई ६ विकेटले हरायो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनायो ।

लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय पारी खेले । अग्रवालले ६९ रनको अर्धशतकीय पारी खेल्दा कप्तान राहुलले ६१ रन बनाए ।

यस्तै दिपक होडाले अविजित २२ रन जोड्दा शाहरुख खानले अविजित रहदै १५ रन जोडे । क्रिस गेल ११ तथा निकोलस पुरन नाै‌ रनमा आउट भए ।

उत्कृष्ट सुरुवात गरेको पञ्जावले पहिलो विकेटका लागि एक सय २२ रनको साझेदारी गरेको थियो । तर त्यसपछि उसले अरु तीन विकेट चाँडै गुमायो ।

पञ्जावले एक सय ४१ रनमा दोस्रो विकेट गुमाउँदा एक सय ५८ रनमा तेस्रो विकेट खेर फाल्यो भने एक सय ७९ रनमा चौथो विकेट गुमायो ।

दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १/१ विकेट लिए ।

जवाफमा दिल्लीले १८ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेको थियो । उसका ओपनर पृथ्वी शा १७ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाउँदै आउट भए । तर त्यसपछि स्टेभन स्मिथ मात्र नौ रनमा पेभेलियन फर्किदा दिल्लीले एक सय सात रनमा दोस्रो विकेट खेर फाल्यो ।

दिल्लीका लागि शिखर धवनले उत्कृष्ट पारी खेलेका थिए । जसमा उनले ४९ बलमा १३ चौका र दुई छक्काको मद्दतले ९२ रन बनाए । उनी आउट भएपछि दिल्लीको स्कोर एक सय ५२ रन थियो ।

अन्तिममा रिसब पन्तले १५ रनको योगदान गरे भने मार्कुस स्टोनीसले २७ रन बनाए । जितसँगै दिल्लीले तीन खेलमा चार अंक बनाएको छ । पञ्जावको प्रतियोगितामा दोस्रो हार हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey