कार्यसमितिकाे बैठकमा विराेध हुँदाहुँदै किरण राणालाई खेलाडी छनाैट समिति सदस्यमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 955 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानले संघले पूर्व सदस्य किरण राणालाई संघमा नयाँ जिम्मेवारी दिएको छ । क्यान निलम्बनमा पर्नु अगाडी कार्यसमितीको सदस्य रहेका राणामाथि जापानमा खेलाडी भगाउन सहयोग गरेको आरोप लागेको थियो । यसका साथै २०७५ र ७६ को अडिट रिपोर्टमा उनको नाममा बेरुजु रकमपनि बाँकी देखिएको थियो भने २०७७–७८ को अडिटमा उल्टो क्यानबाट रकम लिनुपर्ने देखाइएको छ ।

तर बुझिए अनुसार राणाले २०७५–७६ को अडिटका बेला पेश्की फच्र्योट गर्नका लागि बिल बुझाएका थिए । जबकी उनको पेश्की बर्षोदेखिको रहेको थियो र परिषद्को नियम अनुसार एक बर्षभन्दा बढि कुनैपनि ब्यक्तिको पेश्की बाँकी देखिएमा १० प्रतिशत जरिवानासहित तिर्नुपर्ने हुन्छ ।
तर अहिले बर्षो देखिको रकम कसरी क्यानले फच्र्योट गर्यो भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

तर पछिल्लो पटक क्यानले राणालाई शनिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजमा छनौट समितीको सदस्यको जिम्मेवारी दिइएको छ ।
क्यानका सचिवको हस्ताक्षर रहेको पत्रमा राणालाई छनौट समितीको संयोजक उत्तम कर्माचार्यसँग आवश्यक समन्वय गरेर सहयोग गर्नका लागि सदस्यको जिम्मेवारी दिइएको भनेर पत्र काटिएको छ ।

अघिल्लो शुक्रबार क्यानको कार्यसमितीको बैठकमा राणालाई छनौट समितीको सदस्यमा राख्ने प्रस्तावमा अध्यक्ष चतुरबहादुर चन्दले सोझै अस्विकार गरेका थिए । सो बैठकमा विवाद भएपछि चार जनाले माइनुटमा हस्ताक्षर गरेका थिए भने यो विषयमा फेरी छलफल गर्ने भनिएको थियो । तर अहिले सचिव प्याकुरेलको हस्ताक्षरमा बैशाख दुई गते राणालाई छनौट समितीको सदस्यको जिम्मेवार दिइएको छ ।

पछिल्लो पटक क्यानमा विभिन्न समिती, उपसमितीमा धमाधम क्यानले विभिन्न ब्यक्तिलाई नियुक्त गरिन थालेको छ । पछिल्लाे अडिटमा उनकाे नाममा बेरुजु नदेखिएकाले सदस्यमा राखिएकाे एक पदाधिकारीले बताए ।

यतिबेला राणालाई छनौट समितीको सदस्यमा कुन मापदण्डमा जिम्मेवार दिइयो भन्ने गौण छ । राणामाथि लागेको खेलाडी भगाउन सहयोग गरेको आरोपको प्रतिवेदनपनि अहिले कुन अवस्थामा छ त्यो पनि एकिन छैन । त्यो बेला शैलेस कर्माचार्यको अध्ययन समितीले तत्कालिन सदस्यसचिव केशव कुमार विष्टलाई प्रतिबेदन बुझाएको थियो । तर त्यसपछि त्यो प्रतिवेदन गायब अवस्थामा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey