बेन स्टाेक्स लगातार दाेस्राे बर्ष उत्कृष्ट क्रिकेटर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 594 पटक हेरिएको

इंग्ल्याण्ड क्रिके टिमका अलराउण्डर बेन स्टोक्स लगातार दोस्रो पटक विज्डेन लिडिङ क्रिकेटर अफ दी वल्र्डको अवार्ड जित्न सफल भएका छन ।

२९ बर्षे स्टोक्स सन् २००४ मा स्थापना भएको यो अवार्ड दोस्रो पटक जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन । सन् २०२० मा टेष्ट क्रिकेटमा उनले सर्वाधिक रन प्रहार गरेका थिए । उनले सात खेलमा ५ सय ४१ रन हिर्काएका थिए । यसका साथै १९ विकेट पनि लिएका थिए । पछिल्लो पटक आइपीएलका लागि भारत आएका उनी औंलाको चोटका कारण प्रतियोगिताबाट बाहिर भएका छन ।

यस्तै केन्टका अलराउण्डर डारेन स्टेभेन्स फाइभ क्रिकेटर अफ दी इयर बने । उनी यो अवार्ड पाउने सन् १९३३ पछिकै बुढा खेलाडी बनेका छन । ४४ बर्षे स्टेभेन्स अझैपनि केन्टबाट क्रिकेट खेल्ने गर्छन ।

इंग्ल्याण्डका ब्याट्सम्यान ज्याक क्राउी, डोम सिब्ले, पाकिस्तानी विकेटकिपर मोहम्मद रिजवान र वेष्ट इन्डिजका पूर्व कप्तान जेसोन होल्डर स्टेभेन्ससँग सो सूचीमा थिए ।

बेन स्टोक्सले गत बर्षपनि यो अवार्ड जितेका थिए । उनले इंग्ल्याण्डलाई विश्वकप जिताउन खेलेको भूमीकाको आधारमा त्यो बेला यो अवार्ड दिइएको थियो ।

कोभिडले सन् २०२० मा निकै असर गरेपनि स्टोक्सले टेष्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जसमा उनले दक्षिण अफ्रिका विरुद्धको टेष्ट र वेष्ट इन्डिज विरुद्धको टेष्टमा शतक प्रहार गरेका थिए ।

महिलामा अष्ट्रेलियाकी बेथ मोनीले यो अवार्ड जित्न सफल भइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey