हैदरावादलाई बैंग्लोरले दियो १५० रनको चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०१
  • |
  • 320 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १५० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।

बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारि खेल्दा कप्तान विराट कोहलीले ३३ रनको योगदान गरे ।

ओपनिङ आएका विराटले २९ बल खेल्दा ३३ रनको योगदान गरेका थिए ।

अर्धशतकीय पारि खेल्दा म्याक्सवेलले ४१ बलमा ५९ रनको उत्कृष्ट पारि खेले ।

सनराइजर्सका लागि जेसन होल्डरले तीन विकेट लिँदा रासिद खानले दुई विकेट लिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey