अफ्रीकन रुट्सका तीन खेलाडी एनएसएलका लागि पाेखरा थन्डर्समा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 253 पटक हेरिएको

नेपालमा विभिन्न फुटबल प्रतियोगिताका लागि आएको नाइजेरीय फुटबल टिम अफ्रीकन रुट्स एसोसियसनका तीन खेलाडी आसन्न नेपाल सुपर लिगका लागि पोखरा थन्डर्समा अनुबन्ध भएका छन ।

बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिगका लागि पोखराले विदेशी खेलाडीको कोटामा तीन जनालाई अनुबन्ध गरेको हो । जसमा मोउसा, रिम र यानिक रहेका छन ।

तीन खेलाडी अफ्रीकन रुट्सका निकै महत्वपुर्ण सदस्य रहेका छन । काठमाडौं बाहिरका विभिन्न प्रतियोगितामा ब्यस्त रहेको अफ्रीकन रुट्सका यी तीन खेलाडी पोखरा थन्डर्सको टिमबाट प्रशिक्षणमा सहभागि भइसकेका छन ।

पोखरा थन्डर्सलाई कर्माचार्य समुहले खरिद गरेको छ । पोखराले अन्तिम समयमा विदेशी खेलाडीका रुपमा नेपालमा आएका अफ्रीकन टिमबाट नै छानेको छ ।

एनएसएलमा पोखरा थन्डर्से बैशाख १२ गते पहिलो खेल बुटवल लुम्बिनी एफसीसँग खेल्नेछ । पोखराको मार्की खेलाडीमा नवयुग श्रेष्ठ रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey