पीएसएलका लागि पाकिस्तान क्रिकेट बोर्ड ब्यवस्थापन कम्पनीको खोजिमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 462 पटक हेरिएको

पाकिस्तान क्रिकेट बोर्डले जुन एकबाट फेरी सुरु हुने पाकिस्तान सुपर लिगको ब्यवस्थापनका लागि बाहिरको कम्पनीलाई जिम्मा दिने भएको छ । जसको खोजिमा बोर्ड रहेको छ ।

जुन एक देखि २० तारिखसम्म हुने भनिएको प्रतियोगितामा यसअघि कोरोनाका कारण रोकिएका २० खेल हुनेछन । अब सबै खेल कराँचीमा खेलाइने भएको छ । गत महिना पीएसएल टिमका खेलाडीमा कोरोना देखिएपछि आयोजकले स्थगित गरेका थिए ।

तर फेरी सुरु हुँदा स्वास्थ्य सावधानी, प्रोटोकल लगायतका विषयमा धेरै प्रश्नहरु उठेका छन । अब पीएसएल सुरु हुनु अगाडी सबै खेलाडी र स्टाफलाई मे २२ तारिखबाट अनिवार्य सात दिनको क्वारेन्टिन बस्नुपर्नेछ ।

प्रतियोगिता सुरु हुनुभन्दा तीन दिन अगाडीमात्र कोरोना नेगेटिभ आउने खेलाडीले प्रशिक्षण गर्न पाउनेछन । जुन एकमा फेरी सुरु हुने प्रतियोगितामा पहिलो दिन लाहोर कलन्डर्स र इस्लामावाद युनाइटेडविच प्रतिस्पर्धा हुनेछ । सबै खेल तथष्ट मैदानमा खेलाइने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey