थ्रि नेशन्स टी-२० सिरिजको खेलको समय परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-३१
  • |
  • 506 पटक हेरिएको

बैशाख चार गतेबाट कीर्तिपुर मैदानमा हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको खेलको समय परिवर्तन भएको छ । क्यानले प्राविधिक कारण खेलको तालिका परिवर्तन गरिएको जानकारी दिएको छ ।

त्यसमा नेपालले खेल्ने खेलको समय परिवर्तन गरिएको हो । यसअघि क्यानले नेपालले खेल्ने खेलको समय दिउँसो सवा दुई बजेबाट राखेको थियो । तर त्यसलाई परिवर्तन गरे सवा एक बजे सारिएको छ । यस्तै फाइनल खेलको समय पनि सवा एक बजे सारिएको छ ।

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित प्रतियोगिता एक साता चल्नेछ । प्रतियोगिताका लागि नेदरल्याण्ड्स टिम आज काठमाडौं पुगेको छ भने मलेसियापनि आजै काठमाडौं आइपुग्नेछ ।

नयाँ समय सहितको तालिका

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey