एनएसएलमा विराटनगरबाट खेल्ने ३ विदेशी खेलाडी को को ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 1004 पटक हेरिएको

आसन्न नेपाल सुपर लिग फुटबल प्रतियोगिता खेल्ने तयारीमा रहेको विराटनगर सिटी एफसीले विदेशी खेलाडीका रुपमा स्पेनीस खेलाडी पेड्रो मान्जीलाई अनुबन्ध गरेको छ ।

पछिल्लो पटक भारतीय आई लिग खेलेका उनलाई विराटनगरले अनुबन्ध्ध गरेको हो । उनले आई लिगमा मोहमेदन स्पोर्टिङ क्लवबाट यो सिजन खेलेका थिए । उनले स्पेनीस क्लव इस्पानोयलको युथ टिमबाट पनि ब्यवासायीक फुटबल खेलेका छन ।

विराटनगरले उनलाई कति रकममा अनुबन्ध गर्योे भन्ने बारेमा खुलेको छैन । मान्जीले जापानमा पनि दोस्रो डिभिजनको फुटबल खेलेका थिए ।

विराटनरले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने कोटामा उनलाई ल्याएको हो । उनीसँगै सेवी अर्लिच र सोमिडे आडेलाजालाई पनि अनुबन्ध गर्नेछ । यस्तै उसले प्रशिक्षकका रुपमा भारतीय यान ल लाई अनुबन्ध गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey