हिराको घुँडाको सल्यक्रिया मंगलबार हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 436 पटक हेरिएको

नेपाली महिला फुटबलर हिरा भुजेलको घुँडाको शल्यक्रिया मंगलबार हुने भएको छ । उनको घुँडाको मिडिल मिनिस्कस टेयर भएपनि शल्यक्रिया गर्नुपर्ने भएको हो ।

उनको मंगलबार बी एण्ड बी अस्पतालामा शल्यक्रिया हुनेछ । चोटका कारण उनले पनि केहि महिना मैदानबाट बाहिर बस्नुपर्नेछ । उनको शल्यक्रियाको खर्च अस्पताल आफैले ब्यहोर्ने र अरु खर्च भने एन्फाले दिने बताइएको छ ।

गत माघ १० गते विराटनगरविरुद्धको खेलमा घाइते भएकी हिरा केहि समयदेखि फिजियोथेरापी गर्दै आएकी थिइन । तर उनको चोटले समस्या नै दिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey