मनिष डाँगीले विराटनगरबाट एनएसएल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 487 पटक हेरिएको

नेपाली यू १९ टिमबाट साफ च्याम्पियनसिप खेलका मनिष डाँगीले नेपाल सुपर लिग विराटनगर सिटी एफसीबाट खेल्ने भएका छन । मनिषलाई विराटनगरले एनएसएलका लागि अनुबन्ध गरेको हो ।

कोरियामा बसेर त्यहि फुटबल खेल्दै आएका डाँगीलाई विराटनगरले स्थानीय खेलाडीका रुपमा टिममा लिएको छ । एनएसएलको नियम अनुसार मार्की, अक्सन र विदेशी खेलाडी बाहेक टिममा दुई जना स्थानीय खेलाडी राख्न पाउने नियम रहेको छ ।

त्यहि मापदण्डमा डाँगीलाई विराटनगरले लिन सफल भएको छ । उनको अनुबन्धको रकम बारेमा भने क्लवले खुलाएको छैन ।

विराटनगरले मार्की खेलाडीका रुपमा रन्जित धिमाललाई लिएको छ । यस्तै प्रशिक्षकका रुपमा भारतीय यान ल लाई लिएको छ । क्लवले एनएसएलको तयारीपनि विराटनगरमा नै गर्ने बताएको छ ।

डाँगी एनएसएलका लागि केहि समय अगाडी नेपाल आएका थिए । उनी नेपाल आएपछि थ्रीस्टारबाट केहि प्रतियोगिता खेलेका थिए । जसमा उनले बागमती गोल्डकपको उपाधिपनि जितेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey