आर्मी आज गोवा प्रस्थान, सुनील क्षेत्रीको कप्तानीमा बैंगलुरु टिमको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 766 पटक हेरिएको

एएफसी कपको दोस्रो चरणको खेलका लागि त्रिभुवन आर्मी टिम आज भारतको गोवा गएको छ । । एएफसी कपको प्रारम्भिक छनौट अन्तर्गत दोस्रो चरणको खेलमा आर्मीले भारतको बैंगलुरु एफसीसँग बुधबार खेल्दैछ ।

गोवाको जीएमसी रंगशालामा हुने खेलका लागि आर्मी टिम आइतबार त्यसतर्फ भएको हो । हो । छनौट चरणको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्टसलाई पाँच एकले हराएको आर्मीले दोस्रो चरणमा भने भारतीय फटुबल टिमका कप्तान सुनील क्षेत्रीको कप्तानीमा रहेको टिमसँग खेल्नेछ ।

यो खेल आर्मीका लागि निकै चुनौती हुनेछ । आर्मीका दुई खेलाडी जर्ज प्रिन्स कार्की र विकेश कुथु टिमसँग छैनन् । त्रिभुवन आर्मीविरुद्धको खेलका लागि बैंगलुरु एफसीले २९ खेलाडी सम्मिलित टिमको घोषणा गरेको छ ।

जसमा पाँच जना रिर्जभ खेलाडी रहेका छन । टिममा चार जना गोलरक्षक राखिएको छ ।

गोलकिपरमा गुर्प्रित सिंह सन्धु, लालथुमविया राल्ते, लारा शर्मा र शरन पडत्तिल छन्।

यस्तै डिफेन्समा राहुल भेके, प्रतीक चौधरी, जुआन गोन्जालेज, वुङ्गनगायम मुइराङ, अजिथ कुमार, आसिक कुरुनियान, जो जोहेरलियाना, पराग श्रीभास, रोन्डु मसाभु किङ्ग र विश्व दर्जी छन्।

मिडफिल्डमा एरिक पर्तालु, सुरेश वाङ्गजाम, हर्मान्जोत खब्रा, नाम्ग्याल भुटिया, इमानुयल लालचन्चुआ, दमैतफाङ ल्याङ्दो र मोहम्मद इनायाथले बेङ्गलुरुकोछन्।

स्ट्राइकरमा कप्तान सुनिल क्षेत्री, एडमन्ड लालरिन्डिका, उदन्त सिंह, स्लेइटन सिल्भा, लियोन अगस्टाइन, नाओरेम रोशन सिंह, शिवशक्ति नारायनन र आकाशदिप सिंह रहेका छन्।

आर्मीले यो खेल जितेमा अर्को खेलमा माल्दिभ्सको क्लव इगल्ससँग खेल्नेछ भने त्यसपछि बंगलादेशको अबहानीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रारम्भिक छनौट पार गर्ने एक टिमले समुह डी मा स्थान बनाउनेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey