आहा रारा गोल्डकपको नयाँ च्याम्पियन संकटा क्लव

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 408 पटक हेरिएको

संकटा क्लवले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । फाइनलमा अफ्रिकन रुट्सलाई टाइब्रेकरमा पराजित गर्दै नयाँ च्याम्पियन बन्यो ।

पोखरा रंगशालामा भएको फाइनलको टुंगो टाइब्रेकरमा पुगेको थियो । निर्धारीत ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुबै टिमबाट एक एक गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसो त निर्धारीत ९० मिनेटमा संकटाले अफ्रिकन रुट्सको एक गोलको अग्रतालाई उल्ट्याएको थियो ।

खेलको ११ औं मिनेटमा अफ्रिकन रुट्ले खेलमा अग्रता बनायो । उसका लागि बासेकले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले अगाडी रहेको अफ्रिकन रुट्सविरुद्ध संकटाले खेलको ५१ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि ग्लोरीले उत्कृष्ट गोल गर्दै टिमलाई एक एकको अवस्थामा पुर्याए ।

त्यसपछि दुबै टिमले गोल थप्नका लागि निकै प्रयास गरेका थिए । ६७ औं मिनेटमा संकटाका फोफानाको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए ।

८५ औं मिनेटमा अफ्रिकन रुट्सका बासेकले डिबक्समा पाएको उत्कृष्ट मौका खेर फाले । उनले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिर गयो ।
निर्धारीत ९० मिनेट एक एक गोलको बराबरीमा सकिएको खेलको एक सय दुई मिनेटमा अफ्रिकन रुट्स मौसाले पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन ।

त्यसको अर्को मिनेटमा फेरी पनि मौसाको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए । एक सय चार मिनेटमा संकटाका आशिष राईले डिबक्समा खालि स्थानमा पाएको मौकालाई बाहिर हाने ।

खेलको एक सय १० औं मिनेटमा संकटाका संकटाका ग्लोरीले राम्रो अवसरलाई खेर फाले । उनले डिबक्समा हेडरको प्रयास राम्रोसँग कनेक्ट हुन सकेन । थपिएको ३० मिनेटमा पनि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको हो ।

टाइब्रेकरमा संकटाका लागि अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहारलाई अफ्रिकन रुट्सका गोलकिपरले बचाए ।

अफ्रिकन रुट्सका केचा यानीक, रफायल रिमले गोल गरे भने क्वेटे फ्रांकलिनको प्रहार बाहिरीदा एम्बाकोबको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले बचाए ।

उपाधिसँगै संकटाले १० लाख एक हजार रुपैयाँ जितेको छ भने उपविजेता अफ्रिकन रुट्सले पाँच लाख एक हजार पाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey