राष्ट्रिय फुटसल लिगका लागि बागमतीबाट ४ टिम छनौट

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 515 पटक हेरिएको

पोखरामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि बागमती प्रदेशबाट सहभागि हुने चार टिमको टुंगो लागेको छ ।

जसमा बागमती प्रदेशबाट संखमुल फुटसल, प्रभातफेरी युथ क्लव, स्काई गोल्ड, डुकु फुटसल हाउसले सहभागिता जनाउने भएका छन ।

आज भएको छनौट चरणको क्वाटरफाइनलमा संखमुल फुटसलले शूर्य फुटसललाई टाइब्रेकरमा चार दुईले हरायो । यस्तै अर्को खेलमा प्रभातफेरीले स्तुपा स्पोर्टसर्ला ६–३ गोलले हरायो ।

अर्को खेलमा स्काई गोल्डले काया स्पोर्टसलाई ६–२ ले नै हरायो । यस्तै डुकु फुटसल हाउसले प्रिज्म्याटिक फुटसललाई नौ तीन गोलले हरायो ।

विजेता सबैले सेमिफाइनलमा स्थान बनाए । साथै उनीहरुले राष्ट्रिय फुटसल लिगमा पनि स्थान बनाएका छन ।

प्रतियोगितामा २७ टिमको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey