नेपाल सुपर लिगकाे मुख्य प्रायाेजक खुकुरी
- नेप्लेज
- |
- २०७७-१२-२६
- |
- 504 पटक हेरिएको
नेपाल सुपर लिगको मुख्य प्रायोजक नेपाल डिस्टिलरीको खुकुरी रमले गर्ने भएको छ ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर लिग फुटबलको मुख्य प्रायोजकमा नेपाल डिस्टिलरीको उत्पादन खुकुरी रम रहेको हो ।
बैशाख ११ गतेबाट दशरथ रंगशालामा सुरु हुने प्रतियोगिताको मुख्य प्रायोजक भएर जोडिन पाउँदा निकै खुसी लागेको नेपाल डिस्टिलरीका जनरल म्यानेजर सुभाष लामिछानेले बताए । उनले यसअघि संगीत, चलचित्र क्षेत्रमा लगानी गरेकोमा अब खेलकुदमा पनि हात हालेको बताए ।
सात वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगिताको मुख्य प्रायोजक वाफतको रकम भने गोप्य राखिएको छ । दुबै पक्षको आपसी समझदारीमा रकम नखुलाइएको बताइएको छ । अब प्रतियाेगिताकाे नाम खुकुर नेपाल सुपर लिग हुने भएकाे छ ।
नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी, पोखरा, बुटवल लुम्बिनी, चितवन, धनगढी एफसीको सहभागिता रहेको छ ।