लुम्बिनीले सुदुरपश्चिमसामु मात्र ७३ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 281 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७३ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनायो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 
लुम्बिनीका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन ।
कमजोर सुरुवात गरेको लुम्बिनीले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३७ रन हुँदा दोस्रो विकेट खेर फालेको लुम्बिनीले ५१ रनमा तेस्रो विकेट झार्न पुग्यो ।
उसका मध्यक्रमका कुनैपनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेन । उसले स्कोरबोर्डमा अरु ११ रन थप्दा अरु ६ विकेट गुमायो ।
बलिङमा लक्ष्मी साउदले चार ओभरमा मात्र १७ रन खर्चिएर चार विकेट लिइन । यस्तै रितु कनोजियाले तीन विकेट हात पारिन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey