ग्रेट हिमालय क्रिकेट एकेडेमी ए र ओसिस क्रिकेट एकेडेमी क्वाटरफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 793 पटक हेरिएको

नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट रंगशालामा संचालन भइरहेको नेक्सस कप सिजन ४ को नवौ दिन मंगलबार सम्पन्न भएको पहिलो खेल ग्रेट हिमालय क्रिकेट एकेडेमी ए ले वेस्र्टन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्यो भने सोहि दिन सम्पन्न दास्रो खेल तिलोत्तमा क्रिकेट एकेडेमीलाइ ५० रनले पराजितगरी ओसिस क्रिकेट एकेडेमी पनि क्वाटर फाइनल प्रवेश गरेकोे छ ।

आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्यटिङ को निम्तो पाएको व्यस्ट्रन क्रिकेट एकेडेमी ले निर्धारित २० ओेभर खेल्दै ९ बिकेटको क्षेतीमा ९१ रनको योगफल बनाएको थियो । वेस्र्टन क्रिकेट एकेडेमी का ब्याट्सम्यान रन्जित खड्का ले १३ बलमा ४ चौका प्रहार गर्दै १६ रन बनाएका थिए भने अनिस न्यौपाने ले १५ रन, अस्फक खान र सन्देश सुनार ले समान १४-१४ रन बनाउदा अन्य ब्याटसम्यान हरुले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमि ए का रुपेश यादव ले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिदै ३ बिकेट लिएका थिए भने अभय मगर ले २ विकेट र अभिनय राजवंशीले १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको ग्रेट हिमालय क्रिकेट एकेडेमि ए ले १४.५ ओभरमा ५ बिकेट गुमाउदै ९२ रन बनाइ ५ विकेट ले विजयी भएको थियो । ग्रेट हिमालय क्रिकेट एकेडेमि ए का ब्याट्सम्यानान निर्मल मगर ले ११ बल खेल्दै २३ रन बनाएका थिए भने निश्चल अमात्य ले १८ रन, रन्जित यादव र सक्षम बास्कोटा ले समान १०÷१० बनाएका थिए ।

बलिङ तर्फ वेस्र्टन क्रिकेट एकेडेमी का सन्देश सुनवार ले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ बिकेट लिएका थिए । शुवास थारु र निराजन गुप्ता ले समान १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच ग्रेट हिमालय क्रिकेट एकेडेमि ए का रुपेश यादव घोषित भएका थिए ।

मंगलबार सम्पन्न दोस्रो खेलमा टस जितेर ब्यटिङ रोजेको ओसिस क्रिकेट एकेडेमी ले निर्धारित २० ओभर खेल्दै ७ बिकेटको क्षेतीमा १०५ रन बनाएको थियो । ओसिस क्रिकेट एकेडेमी का ब्याट्सम्यान आरम्भ तिमिलसिना ले २४ बल खेल्दै २ छक्का प्रहार गरि २९ रन बनाएका थिए भने संयम नेपाल ले १६ रन र अनुप गुरागाँई ले १३ रन बनाएका थिऐ ।

बलिङ तर्फ तिलोत्तमा का पुजन भट्टराइ र अनुप पाण्डे ले समान २-२ विकेट लिएका थिए भने सरोज थापा र सन्दिप यादव ले समान १÷१ बिकेट लिएका थिए ।

जवाफी ब्याटिङमा तिलोत्तमा क्रिकेट एकेडेमि ले १९ ओभर खेल्दै १० बिकेट गुमाएर ५५ रन मात्र बनाएकोे थियो । तिलोत्तमा क्रिकेट एकेडेमि का कुनैपनि ब्याट्सम्यान ले दोहोरो अंक को रन बनाउन सकेनन् ।

बलिङतर्पm ओसिस क्रिकेट एकेडेमी का आरम्भ तिमिलसिना ले ४ बिकेट, राज कुमार श्रेष्ठ ले ३ बिकेट लिएका थिए भने विशाल सेवा, रोशन पराजुली र संयम नेपाल ले समान १÷१ लिएका थिए । खेल का म्यान अफ द म्याच ओसिस क्रिकेट एकेडेमी का आरम्भ तिमिलसिना भएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey