पुलिसमाथि साेझाे सेटमा जितेकाे न्यु डायमण्ड शिर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 808 पटक हेरिएको

विभागिए टिम नेपाल पुलिस क्लवलाई हराउँदै न्यु डायमण्ड क्लव आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबल च्याम्पियनसिपको महिलाको शिर्ष स्थानमा उक्लिएको छ ।

यसका साथै उसले यो जितसँगै फाइनलमा पुग्ने संभावना पनि जिवितै बनाएको छ ।

राखेपको कर्भडहलमा भएको खेलमा न्यु डायमण्डले पुलिसमाथि तीन शुन्यको सोझो सेटमा हरायो । जसमा उसले पुलिसमाथि २५–२२, २५–२२ र २५–१६ को सेटमा पराजित गर्यो ।

पहिलो र दोस्रो सेट २५–२२ ले जितेको न्यू डायमण्डले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो ।

यो जितपछि न्यु डायमण्डले पाँच खेलमा ११ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एपीएफको पनि समान ११ अंक छ भने पुलिसको आठ अंक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey