काेराेना बढेपनि आइपीएल तालिका अनुसार नै हुन्छ-गांगुली

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 406 पटक हेरिएको

पछिल्लो पटक भारतमा कोरोनाको संक्रमणदर उच्च भएपछि विभिन्न स्थानमा लकडाउन गर्न थालिएको छ । यस्तैमा आसन्न इन्डियन प्रिमियर लिग के हुन्छ भन्ने चासो पनि बढेको छ ।

तर भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले कोरोनाको संक्रमण दर बढेपनि प्रतियोगिता तालिका अनुसार नै अगाडी बढ्ने बताएका छन ।

कोरोनाको संक्रमण बढेपछि महाराष्ट्र सरकारले सोमबारदेखि लकडाउनको घोषणा गरेको छ । जसमा उसले विहान सात बजेबाट राती आठ बजेसम्म लकडाउन गर्ने भनिएको छ । यसका साथै भारतका अरु केहि स्थानमा पनि लकडाउन गरिएको छ ।

आइपीएलको चासोका विषयमा बोल्दै गांगुलीले सबै कुरा तालिका अनुसार हुने बताए ।

यो सिजनको आइपीएल भारतका विभिन्न ६ स्टेडियमा हुनेछ । ९ अप्रिलदेखि सुरु हुँदैछ। यस सिजनका १० आईपीएल खेलहरू अप्रिल १० देखि २५ सम्म मुम्बईको वानखेडे स्टेडियममा खेलाइनेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey