नेपालले विश्वकप छनाैटका तीनै खेल जुनमा खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 723 पटक हेरिएको

कतार विश्वकपको दोस्रो चरणको छनौटमा नेपालले खेल्ने खेलको मिती तय भएको छ । यसअघि घरेलु मैदानमा खेल्ने भनिएका तीन खेल अन्तिम समयमा स्थगित भएका थिए । अब तीनै खेल जुन महिनामा हुने भएका छन ।

जसमा नेपालले चाइनीज ताइपेइसँग जुन तीन तारिखमा खेल्नेछ भने जोर्डनसँग जुन सात ताखिरमा र अष्ट्रेलियासँग जुन ११ तारिखमा खेल्ने तालिका छ ।

एएफसीले नेपालले खेल्ने तीनै खेल कुवेतमा खेलाउने तालिका रहेको छ । तर त्यसको फाइनल निर्णय भने हुन बाँकी छ । कुवेतको गर्मीका कारण अष्ट्रेलियाले खेल्न कठिन हुने भन्दै आपत्ती जनाएको थियो ।

तर एएफसीले यसको अन्तिम निर्णय गर्न बाँकी रहेको छ । कोरोनाको महामारीका कारण यो छनौट प्रतियोगिता दुई पटक स्थगित भइसकेको छ । यसअघि नेपालले तीनै खेल घरेलु मैदानमा खेल्ने तालिका थियो । तर चाइनीज ताइपेइ र जोर्डनले कोभिडका कारण आउन मानेको थिएन भने अष्ट्रेलियाले पनि कोभिडका कारण नै टिमको तयारी गर्न नसक्दा नेपाल आउन सकेको थिए ।

छनौट प्रतियोगितामा नेपालले पाँच खेलमा एक जित निकालेको छ । उसले पाँच खेलमा चार खेल हार्दा १६ गोल खाएको छ भने दुई गोल गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey