दक्षिण अफ्रिकाले पाकिस्तानसामु तीन सय ४२ रनको बलियो लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 455 पटक हेरिएको

पाकिस्तानविरुद्धको दोस्रो एकदिवसिय खेलमा दक्षिण अफ्रिकाले तीन सय ४२ रनको बलियो लक्ष्य दिएको छ ।

जोहानेसबर्गमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ४१ रन बनायो ।

राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेको थियो । तर उसका इडेन मार्करम ३९ रनमा आउट भए । तर दोस्रो विकेटका लागि क्विन्टन डी कक र कप्तान टेम्बा बभुमाले एक सय १४ रनको साझेदारी गरेका थिए ।

जसमा क्विन्टन डी कक ८० रन बनाएर आउट भए । त्यसपछि टेम्बाले रासे भान डेर डुसेनसँग अर्को शतकीय साझेदारी गरे । डुसेनले ६० रन बनाए । यस्तै टेम्बाले ९२ रनको पारी खेले ।

त्यसपछि हनेरिच क्लासेन ११ रनमा आउट भए भने डेविड मिलरले विस्फोटक ५० रनको योगदान गरे । उनले २७ बलमा तीन छक्का र तीन चौका प्रहार गरे ।

बलिङमा हेरिस रउफले तीन विकेट हात पारे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey