सुन्दर फुटबल खेल्ने टिम बनाउने लक्ष्यका साथ नेपालकाे प्रशिक्षक बनेकाे हाे-अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 591 पटक हेरिएको

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका कुवेती प्रशिक्षक अब्दुल्लाहले आफु नयाँ चुनौतीको सामना गर्नका लागि नेपाल आएको बताएका छन । उनले अब नेपालले सुन्दर फुटबल खेल्ने र तत्काल नै यो उपलब्धि दिलाउछु भन्दापनि समयसँगै नेपाली फुटबलको खेल्ने तरिका परिवर्तन हुने बताए ।

फिफा र एएफसीले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स अनिवार्य गरेपछि एन्फाले अब्दुल्लाहलाई मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको हो । आइतबार एन्फाले प्रशिक्षक सार्वजनिक कार्यक्रममा बोल्दै अब्दुल्लाहले नेपाली फुटबलले अब क्रियटिम खेल खेल्ने र अब डिफेन्सिभ र आक्रामक भन्दापनि सुन्दर फुटबल खेल्ने बताए ।

साथै उनले आफु प्रशिक्षक भएपछि तत्काल नै खेल्ने शैलीमा परिवर्तन आउछ भन्दापनि जुलाईसम्ममा मैदानमा त्यो परिवर्तन देखिने बताए । यसका साथै उनले राम्रो फुटबल खेल्नका लागि ६० मिनेटपछि जुन स्टामिना टिममा चाहिन्छ, त्यो अहिले कमि भएको र त्यसलाई राम्रो गर्ने योजना रहेको बताए ।

साथै उनले पछिल्ला तीन बर्षमा राष्ट्रिय प्रतियोगितामा खेलाडीको प्रदर्शनको डाटालाई औल्याउने पनि बताए । उनले नेपाली फुटबललाई राम्रो स्तरमा पुर्याउनका लागि नेपाल आएको र अहिलेको राष्ट्रिय टिम भन्दा बाहिरपनि अझ राम्रा खेलाडी रहेकाले उनीहरुलाई पनि ध्यानमा राखेको बताए । साथै अहिले नै आफ्नो राडारमा एक जना खेलाडी परिसकेको बताए । तर ती खेलाडीको नाम भने उनले खुलाएनन् ।

नेपाली फुटबलमा अन्तिम ३० मिनेटमा जुन गति खेलमा चाहिन्छ, त्यो कमी भएको र त्यसलाई सुधार्ने आफ्नो लक्ष्य रहेको बताए । उनले डिफेन्सिभ खेललाई विर्सिने अवस्थामा टिमलाई पुर्याउने धारणा राखे । उनले भने,‘म नेपालीका लागि आएको हुँ । म उनीहरूलाई खुसी दिन आएको हुँ । मेरो लागि यो सबैभन्दा ठूलो चुनौती रहेको छ । म अहिले नै नेपालले कुनै ठूलो उपाधि जित्छ भनेर वाचा गर्दिनँ । तर खेलाडीको प्रदर्शन भने राम्रो हुने वचन गर्छुं ।’ उनले नेपाली खेलाडीको स्तर राम्रो भएको पनि बताए ।

यसअघि स्विडेनका प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि खालि रहेको मुख्य प्रशिक्षक पोष्टमा अब अब्दुल्लाहले सम्हाल्ने भएका छन । कालिनले राजिनामा दिएपछि कार्यबाहक मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले टिमलाई सम्हालेका थिए ।

तर फिफा र एएफसीले प्रो लाइसेन्स अनिवार्य गरेपछि त्यहि अनुसारको प्रशिक्षक ल्याउनुपर्ने बाध्यता भएपछि एन्फाले छोटो समयमा नै कुवेतबाट अब्दुल्लाहलाई नयाँ जिम्मेवारीका साथ नेपाल बोलाएको छ । उनले एन्फासँग पहिलो चरणमा एक बर्षका लागि सम्झौता गरेका छन ।

अब्दुल्लाहले कतारी क्लव अल शाहनीको ओलम्पिक टिमको प्रशिक्षक भएर काम गरेका थिए भने किर्गिस्तानको युवा टिमलाई पनि प्रशिक्षण दिएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey