पुलिसकाे अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२२
  • |
  • 271 पटक हेरिएको

नेपाल पुलिस क्लव आरबीबी एभिए राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिबलको महिला तर्फ लगातार तेस्रो जित निकाल्न सफल भएको छ । जितसँगै पुलिस लिगको शिर्ष स्थानमा पनि उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।

पुलिसले आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा ढोरपाटनलाई २५–५, २५–९ र २५–५ को सेटमा सहजै हरायो ।

यो जितसँगै पुलिसले तीन खेलमा आठ अंक बनाएको छ । ढोरपाटनको भने यो प्रतियोगिताको चौथो हार हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey