पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 940 पटक हेरिएको

फुटबलका पूर्व राष्टिय खेलाडी सुरेन्द्र तामाङ सम्मानित भएका छन ।

नेपाली फुटबलमा उल्लेखनिय योगदान दिएको भन्दै तामाङलाई इटहरीमा सम्पन्न स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिता समापनको अवशरमा सम्मान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल र जीपी कोइराला फाउण्डेशन प्रदेश एकका संयोजक सूर्य राइले नगद ५ हजार सहित सम्मान गरे ।

इटहरी निवासी तामांग नेपाली राष्ट्रीय फुटबल टोलीका पूर्व स्ट्राइकर हुन ।

बिं सं २०५७ सालमा थ्री स्टार क्लबसँग आबद्ध भएपछी सुरु भएको सुरेन्द्रको फुटबल यात्राले व्यावसायकिता समाएको थियो । सुरेन्द्रले १० वर्ष थ्री स्टारबाट खेल्दा सहदि स्मारक ए डिभिजन लिग जिताएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey