पूर्व राष्ट्रिय फुटबल खेलाडी रिमालको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 645 पटक हेरिएको

सुनसरी चैत्र २१ गते –फुटबलका पूर्व राष्टिय खेलाडी मधु रिमालको निधन भएको छ ।

मुटु रोगबाट पिडित इटहरी ९ निवासी रिमालको ७१ बर्षको उमेरमा शनिबार निधन भएको हो । रिमालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको एन्फा सुनसरी कोषाध्यक्ष कोबिद जंग कार्कीले जानकारी दिए ।

कलाकारीता, समाजसेवा र राजनितीमा समेत सक्रिय रिमाल इटहरी स्थित राष्टिय जागृतीक्लबको संस्थापक सदस्य समेत रहेको एन्फा सुनसरी अध्यक्ष केशवकार्कीले जानकारी दिए ।

खेलकुद संगै रिमाल तत्कालिन इटहरीको वडा नम्बर ८ को दुई पटक वडाध्यक्ष र केही समय सम्म इटहरी उपमहानगरपालिकाको कार्यवाहक नगर प्रमुख समेत भएका थिए ।

रिमालको शनिबार सांझ इटहरी स्थित बुढी गंगा मुक्तीघाटमा हिन्दु परम्परा अन्र्तगत दाहस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । रिमालको एक छोरा र श्रीमती रहेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey