आइपीएलका आधा दर्जन स्टाफमा कोरोना पोजेटिभ

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 316 पटक हेरिएको

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औँ सिजन सुरु हुन अब एक साता मात्र बाँकी रहेको छ।

९ अप्रिलदेखि सुरु हुने आईपीएलको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इण्डियन्स खेल्दैछन्।

तर, आईपीएल सुरु हुनुभन्दा अघि एकभन्दा बढी स्टेडियमका आधा दर्जन बढी ग्राउन्डस्टाफलाई कोरोना संक्रमण देखिएको छ। मुम्बईको वानखेडे स्टेडियमका आठ जना ग्राउन्डमेनलाई कोरोना देखिएको भारतीय पत्रिका जागरण दैनिकको अनलाइन संस्करणले लेखेको छ।

यी दुई टोलीबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। दोस्रो खेलमा मुम्बईस्थित वानखेडे स्टेडियममा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुने भएको छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey