नामिविया र युगान्डाले एक बर्षपछि सिरिज खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 561 पटक हेरिएको

कोरोना भाइरसका कारण स्थगित भएको एसोसियट क्रिकेट प्रतियोगताहरु अफ्रिकी महादेशबाट सुरु भएको छ । जसमा नामिवियाले पाँच खेलको सिरिजका लागि युगान्डालाई आतिथ्यता गर्ने भएको छ ।

नामिविया र युगान्डाले तीन टी २० र दुई एकदिवसिय खेलको सिरिज खेल्ने भएका छन । एक साताको सिरिज नामिवियाको विन्डहोकमा एक बर्षपनि खेलिन लागेको हो ।

नामिवियाले पछिल्लो पटक सन् २०२० को जनवरीमा ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो । जुन मस्कटमा भएको थियो । तर सो सिरिजपनि विचमा नै स्थगित भएको थियो । त्यो बेला ओमानका सुल्तानको निधन भएपछि विचमा नै स्थगित गरिएको थियो । त्यसपछि नामिवियाले खेल्ने भनिएको अर्को सिरिज कोभिडका कारण स्थगित भएको थियो ।

आइसीसील विश्व क्रिकेट लिग टु को अंक तालिकामा चौथो स्थानमा रहेको नामिवियालाई नेपाल क्रिकेट संघले पनि नेपालमा बोलाउने योजना बनाएको छ । नामिविया र तान्जिनियालाई बोलाएर एकदिवसिय त्रिकोणात्मक सिरिज खेलाउने योजना क्यानको रहेको बताइएको छ ।

तर यो अझै फाइनल भने भइसकेको छैन । पछिल्लो पटक नेपालमा पनि कोभिडको प्रभाव बढिरहेको छ । यस्तैमा यी देश नेपाल आउन मान्ने नमान्ने भन्ने फाइनलमा भइसकेको छैन ।

युगान्डा र नामिवियाविच अप्रिल दुईबाट पहिलो टी २० सिरिज सुरु हुनेछ । त्यसपछि एकदिवसिय सिरिज अप्रिल सातबाट हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey