बुटवलले एनएसएलका लागि तीन जना अफ्रिकी खेलाडी अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२०
  • |
  • 539 पटक हेरिएको

नेपालमा हुन लागेको नेपाल सुपर लिग फुटबल प्रतियागिताका लागि बुटवल लुम्बिनी एफसीले तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । उसले तीनै विदेशी खेलाडी अफ्रिकी देशबाट ल्याएको छ ।

जसमा बुटवलले नाइजेरियाका ओमुलाजा करिम, घानाका ओपाकुकु विलियान ओलियम र चाडका अर्माड बेअडुमलाई बुटवलले टिममा अनुबन्धित गरेको हो ।

चाडको खेलाडी अर्माडले गत सिजनमा च्यासलबाट नेपालका विभिन्न प्रतियोगिता खेलेका थिए । योसँगै सो टिममा खेलाडीको संख्या १८ पुगेको छ ।

उसले १४ खेलाडी अक्सनबाट अनुबन्ध गरेको थियो भने एक जना मार्की खेलाडी र तीन विदेशी खेलाडी रहेका छन । अब बाँकी दुई खेलाडी स्थानीय स्तरबाट गर्ने भएको छ ।

बुटवलको मार्की खेलाडीमा विशाल श्रेष्ठ रहेका छन । यस्तै टिमको मुख्य प्रशिक्षकसँगै डाइरेक्टर राजुकाजी शाक्य छन । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल १९ खेल हुनेछ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

बुटवल लुम्बिनी एफसी टिम

विशाल श्रेष्ठ, सुमन लामा, जय गुरुङ, रन्दिप पौडेल, ओपाकुकु विलियान ओलियम, ओमुलाजा करिम,अर्माड बेअडुम, सुरज बिक, मन बहादुर परियार, सेसेहाङ आङ्देम्बे, शत्रुधन चौधरी, रबिन श्रेष्ठ, सुरज बिक, लक्ष्मण रुचाल, रबि थापा मगर, आमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey