मेयर कपका लागि एपीएफ टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१९
  • |
  • 636 पटक हेरिएको

उपाधिको दावेदार टिम मानिने विभागिए टिम एपीएफ क्लवले आसन्न मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताका लागि टिमको घोषणा गरेको छ ।

सीता रानामगरको कप्तानीमा घोषणा गरिएको १४ खेलाडीको टिममा पीएम कप खेलको टिमबाट दुई जना परिवर्तन गरिएको छ । प्रायः राष्ट्रिय खेलाडी सम्मिलत टिममा यसपटक बिनु बुढामगर र सन्जु लामालाई मौका दिइएको छ । पीएम कप खेलेका इश्वरी विष्ट र प्यारी चौधरीलाई टिमबाट बाहिर राखिएको छ ।

मेयर कप क्रिकेटमा एपीएफले पहिलो खेलमा प्रदेश एक सँग खेल्नेछ भने दोस्रो खेल सुदुरपश्चिम, तेस्रो ललितपुर ११ र लिगको अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

राजेश श्रेष्ठ प्रशिक्षक रहेको टिमको लक्ष्य यसपटक उपाधि रहेको छ ।

एपीएफको टिम

सीता रानामगर (कप्तान), सोनु खड्का, रेखा रावल, सुष्मा श्रेष्ठ, खिना कुमारी थापा, सन्जु लामा, बिनु बुढामगर, ज्योती पान्डे, ईन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, सुमन बिष्ट, ममता चौधरी, राजमती ऐरी

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey