बंगबंधु कप कबड्डीमा नेपालकाे पाेल्याण्डमाथि जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 401 पटक हेरिएको

बंगलादेशमा बंगबंधु कप इन्टरनेशनल टुर्नामेन्टमा नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ।

आज बिहान सम्पन्न खेलमा नेपालले पोल्याण्डमाथि २१ प्वाइन्टले जित निकालेको हो।

नेपालले ४० प्वाइन्ट ल्याउँदा पोल्याण्डले १९ प्वाइन्ट ल्याएको थियो। नेपालले अर्को खेलमा केन्यासँग भिड्ने छ।

अब केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने छ। हिजो सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो।

प्रतियोगितामा बंगलादेशसहित नेपाल, पोल्याण्ड, केन्या र श्रीलंकाको सहभागिता छ। फाइनल खेल अप्रिल २ मा हुनेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey