राष्ट्रिय टिमकाे मुख्य प्रशिक्षकका लागि एएफसीले गर्याे प्राे लाइसेन्स अनिवार्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१८
  • |
  • 465 पटक हेरिएको

एशियन फुटबल महासंघ एएफसीले जारी गरेको नयाँ नियम अनुसार अब हरेक संघको विभिन्न उमेर समुह र सिनियर टिममा अनिवार्य चार फरक प्रशिक्षक राख्नुपर्ने भएको छ । जसमा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक र फिटनेस कोच अनिवार्य हुनुपर्ने बताएको छ । त्यसमा पनि मुख्य प्रशिक्षक प्रो लाइसेन्स अनिवार्य गरेको छ ।

त्यसमा पनि राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा प्रो लाइसेन्स भएकाले मात्र काम गर्न पाउने नियम लागु गरेको छ । यसको अर्थ अब एन्फाले प्रो लाइसेन्स भएका प्रशिक्षकलाई मात्र मुख्य प्रशिक्षकमा राख्न पाउने र हाल राष्ट्रिय टिमको कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अब मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय टिममा काम गर्न नपाउने देखिएको छ । एएफसीले जारी गरेको २०२४ सम्मको नियम अनुसार राष्ट्रिय टिमको मुख्य प्रशिक्षक प्रो लाइसेन्स भएको हुनुपर्ने, सहायक प्रशिक्षक ए लाइसेन्स भएको, गोलकिपर प्रशिक्षक लेभल टु र फिटनेस कोच पनि लेभल टु भएको हुनुपर्ने उल्लेख छ ।

नेपालमा अहिलेसम्म प्रो लाइसेन्स भएका एक जनापनि प्रशिक्षक छैनन् । त्यसैले पनि एन्फाले विदेशी प्रशिक्षकलाई नियुक्त गर्दै आएको छ । अब २०२१ बाट नै प्रो लाइसेन्स अनिवार्य गरेपछि अब एन्फाले फेरी विदेशी प्रशिक्षक ल्याउनुको विकल्प छैन । नेपालले कतार विश्वकपकाे छनाैट खेल्न बाँकी छ । त्याे बेलासम्म प्राे लाइसेन्स प्रशिक्षक ल्याउनुपर्ने दबावपनि बढेकाे छ ।

अब नेपाली प्रशिक्षक नै प्रो लाइसेन्सका लागि पठाउन एन्फाले योजना बनाउनुपर्ने देखिएको छ । अहिलेसम्म नेपालमा प्रो लाइसेन्स भएको एक पनि प्रशिक्षक छैन । एन्फाले पनि यो बर्षमा कम्तिमा दुई जनालाई प्रो लाइसेन्स दिलाउने योजना बनाएको छ ।

जसका लागि एन्फाले कतार र बंगलादेशसँग कुरा गरेको छ । कतारले दुई जनाको कोटा दिएको छ, जुन स्कोलरसिपमा रहेको छ । बंगलादेशमा प्रो लाइसेन्सको लागि तालिम हुँदा प्रशिक्षकले नै तिर्नुपर्ने छ । त्यसका लागि एन्फाले केहि सहयोग गर्नसक्ने पुरै तिर्न भने कठिन भएको एक पदाधिकारीले बताए ।

यदि अब महिला पुरुष र यू २३ टिमको मुख्य प्रशिक्षक प्रो लाइसेन्स नभएको भए एएफसी र फिफाको आधिकारीक प्रतियोगितामा सहभागि हुन पाउने छैनन् ।

यस्तै राष्ट्रिय टिमको यू २० को महिला र पुरुषमा मुख्य प्रशिक्षक ए लाइसेन्स भएको, एसिस्टेन्ट प्रशिक्षक बी लाइसेन्स, गोलकिपर प्रशिक्षक र फिटनेस गोल लेभल टु भएको हुनुपर्ने छ ।

यू १७ टिममा पनि मुख्य प्रशिक्षक ए लाइसेन्स नै भएको हुनुपर्नेछ । एएफसीले एएफसी कपमा सहभागि हुने टिमको मुख्य प्रशिक्षक ए लाइसेन्सको भएपनि मान्यता दिनेछ । तर च्याम्पियनस लिगमा भने प्रो लाइसेन्स नै भएको प्रशिक्षक चाहिने बताएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey