न्यूजिल्याण्डले दियाे १७४ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१७
  • |
  • 500 पटक हेरिएको

बंगलादेशविरुद्धको दोस्रो टी २० खेलमा न्यूजिल्याण्डले एक सय ७४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले १७ ओभर पाँच बलमा पाँच विकेट गुमाउँदै एक सय ७३ रन बनाएको अवस्थामा बर्षा भएको थियो । जसका कारण त्यसपछि न्यूजिल्याण्डको पारी संभव हुन सकेन ।

मध्यम सुरुवात गरेको न्यूजिल्याण्डले ३६ रनमा पहिलो विकेट गुमायो भने ५५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका ओपनर फिन एलेन १७ रनमा आउट भए भने मार्टिन गुप्टिल २१ रनमा पेभेलियन फर्किए ।

यस्तै डेभोन कोनवे १५ रनमा आउट हुन पुगे । त्यसपछि विल योङ ब्यक्तिगत १४ रनमा पेभेलियन फर्किदा न्यूजिल्याण्डले ९४ रनमा चौथो विकेट खेर फाल्यो ।

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले ५८ रन बनाए भने डारेल मिचेलले ३४ रनको योगदान गरे । बलिङमा मेहदी हसनले दुई विकेट लिए ।
बर्षाले १६ ओभरमा झारिएको खेलमा बंगलादेश जवाफि ब्याटिङमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey