एसियाडका लागि पौडी छनोट आइतबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-१८
  • |
  • 212 पटक हेरिएको

नेप्लेज, १८ जेठ । इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि पौडी खेलाडीको छनोट प्रतियोगिता आइतबारबाट हुने भएको छ ।

नेपाल पौडी संघको आयोजनामा हुने २२ औं खुला राष्ट्रिय पौडी प्रतियोगिताको नतिजाका आधारमा समान २–२ पुरुष÷महिला खेलाडीको छनोट गरिने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् । प्रतियोगितामा ७३ पुरुष र ३६ महिला खेलाडीको सहभागिता रहने छ ।

दुईदिने प्रतियोगिताकै दौरान उमेरसमूहको प्रतियोगिता पनि हुनेछ । त्यसमा १ सय ३८ ब्वाइज र ८६ गल्र्सले भाग लिने भएका छन् । खेलहरु मानभवनस्थित लिङ्कन स्कुलमा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey