क्रिकेट समर्थकका लागि खुसीको खबर,एबी डि भिलियर्सले यो सिजनको इपीएल खेल्ने !

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१५
  • |
  • 523 पटक हेरिएको

नेप्लेज । विश्व क्रिकेटमा मिस्टर ३६० को उपनामले परिचित अफ्रिकाका पूर्व कप्तान एबी डि भिलियर्सले नेपाली लिग (इपीएल) खेल्ने भएका छन् ।

नेपाली सञ्चारमाध्यमका अनुसार इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले एबीडी नेपाल आउने लगभग पक्का भएको जानकारी दिएका छन् ।

सञ्चारमाध्यमसँगको कुराकानीमा अख्तरले आगमी संस्करणको इपीएलमा एबीडी नेपाल आउने पक्का भैसकेको तर कुन टिमको साथमा खेल्ने भन्ने कुरा पक्का नभएको जानकारी दिएका हुन् ।

उनका अनुसार ललितपुर प्याट्रियट्स एबीडीलाई अनुबन्ध गर्नका लागि प्रयासरत रहेको छ ।

एबीडी २०१२ मा टेस्ट कप्तान भएका थिए २०१३ मा आइसिसी टेस्ट र ओडिआईमा शिर्ष वरियतमा रहेको थिए । उनी २०१४ मा आइसिसी ओडिआई वर्ष खेलाडीसमेत बनेका थिए ।

उनले टेस्ट क्रिकेटमा ८७६५ र एकदिवशीय क्रिकेटमा ९५७७ रन बनाएका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey