बारम्बारकाे प्रहार सदुपयाेग गर्न नसक्दा नेपाल किर्गिस्तानसँग बराबरीमा राेकियाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 596 पटक हेरिएको

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू २३ टिमसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको खेलको नेपालले करिव एक दर्जन प्रहार गरेपनि गोल गर्न सकेन । १० खेलाडीमा झरेकाे किर्गिस्तानविरूद्ध नेपालले सुरुवात देखि अन्तिमसम्ममा धेरै मौका पाएको थियो । तर नेपालको फिनिसमा चुक्न पुग्यो । खेलको चौथो मिनेटमा नै तेज तामाङको क्रसमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको हेडरको प्रयास फ्रेमको नजिकबाट बाहिरीयो ।

आठौं मिनेटमा सञ्जोग राईको कर्नरमा दिनेश राजवंशीले डिबक्समा खालि पोजिसनमा रहेको अवस्थामा बललाई कनेक्ट गर्न सकेनन् ।
१० औं मिनेटमा रोहित चन्दको कर्नरमा अनन्त तामाङको हेड फ्रेमको नजिकैबाट बाहिरीयो । १४ औं मिनेटमा अञ्जन विष्टको डिबक्स भित्रबाट गरेको प्रहार पोलमा लागेर फर्किन पुग्यो । जसका कारण नेपाली दर्शक चुकचुकाउन पुगे ।

२२ औं मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रहार हावामा बाहिरीयो । २९ औं मिनेटमा सञ्जोक राईले डिबक्समा मिलाएको बललाई अभिशेख रिजालको उत्कृष्ट प्रहार बाहिरीन पुग्यो ।

३१ औं मिनेटमा रजिन धिमालको फ्रिकिकमा अञ्जन विष्टको हेडर किर्गिज टिमका गोलकिपरले बचाए । ३४ औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले गरेको प्रहार फ्रेमको नजिकैबाट बाहिरीयो ।

४३ औं मिनेटमा किर्गिस्तानको टिमको टिमको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा त्रिदेवको कर्नरमा अनन्त तामाङको हेडको प्रयासलाई किर्गिस्तानका गोलकिपरले बचाए ।

५६ औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अञ्जनले गरेको हेडको प्रयासलाई किर्गिजका गोलकिपर आर्थेमले सहजै बचाए । ६३ औं मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा फेरी एकपटक अञ्जन विष्ट चुक्न पुगे । उनले डिबक्स भित्रबाट गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

६७ औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा झर्न पुग्यो । उसका कप्तान तासिन कामोलोदिन दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । उनले अभिशेख रिजाललाई फल गरेका थिए ।

७२ औं मिनेटमा डिफेन्डर र गोलकिपरविच राम्रो तालमेल हुन नसक्दा नेपाल आत्मघाती गोल खानबाट बच्यो । गोलकिपर किरणले बललाई गोललाईनबाट बचाए । त्यसको दोस्रो मिनेटमा सुजल श्रेष्ठले निकै उत्कृष्ट मौका गुमाए ।

त्यसपछि पनि नेपालले चार वटा राम्रा मौका पाएपनि गोल गर्न सकेन । जसका कारण नेपालले गोलरहित बराबरी खेल्न बाध्य भयो । त्यसाे त पुरै खेलमा किर्गिस्तानका गाेलकिपर आर्थेमकाे प्रदर्शन उत्कृष्ट रह्याे । उनले नेपालका हरेक प्रयासलाइ विफल  बनाए ।

खेलकाे अन्तिममा रवि पासवानकाे हेडकाे प्रयासलाइ पनि किर्गिस्तानका गाेलकिपर आर्थेमले बचाए । नेपालले अन्तिममा १० खेलाडीकाे फाइदा लिन सकेन ।

यो बराबरीपछि किर्गिस्तानको फाइनलमा पुग्ने संभावना जिवितै रहेको छ । अब नेपालले शनिबार बंगलादेशसँग खेल्नेछ । यदि सो खेलमा नेपाल बराबरी वा विजयी भएमा फाइनलमा पुग्ने छ । पराजित भएको खण्डमा गोल अन्तरबाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey