तेश्रो मनमोहन गोल्डकप डोरीतान आउटडोर प्रतियोगिता चैत २६ र २७ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१२
  • |
  • 405 पटक हेरिएको

नेप्लेज । सुनसरी जिल्ला डोरीतान संघले तेश्रो मनमोहन गोल्डकप डोरीतान आउटडोर प्रतियोगिता आयोजना गर्ने भएको छ ।

डोरीतान खेलको माध्यमबाट युवाहरुलाई खेलकुदमा सक्रिय बनाउनका लागि प्रतियोगिताको आयेजना गर्न लागिएको सुनसरी जिल्ला डोरीतान संघले जनाएको छ ।

प्रतियोगिता चैत २६ र २७ गते बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ । अन्तराष्ट्रिय डोरीतान महासंघको नियमअनुसार नकआउट,बेस्ट अफ थ्री मा आधरित हुनेछ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैँया,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद पचास हजार,ट्रफी र मेडलुहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ जसमा एक टिम आयोजक,प्रादेशिक ४ टिमहरु,नेपालका विभागीय ३ टिम,भूपू ब्रिटिस गोृर्खा टिम तथा भारतका २ टिम सहभागि हुने बताइएको छ ।

प्रतियोगितको अनुमानित रकम ३० लाख बराबर रहेको पनि आयोजकले बताएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey