भारत र इंग्ल्याण्डबीचकाे पहिलाे एक दिवसीय क्रिकेट आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-१०
  • |
  • 432 पटक हेरिएको

भारत र इंग्ल्याण्डबीचको पहिलो एक दिवसीय क्रिकेट प्रतियोगिता आज हुँदै छ ।

पुणेमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि शुरहुने छ ।

टेस्ट र टी २० सिरिज गुमाएको इंग्ल्याण्ड एक दिवसीय सिरिज जित्दै विगतको पराजय भुलाउने रणनीतिमा रहँदा भारत भने पुरानै लय कायम राख्ने प्रयासमा हुने छ ।

भारतीय एक दिवसीय टिममा ऋषभ पन्त, भुवनेश्वर कुमारले कमब्याक गर्दा इंग्ल्याण्डका जोफ्रा आर्चर र जो रुट टिममा छैनन् ।
महाराष्ट्र क्रिकेट एशोसिएनको पीच हाइस्कोरिंग हुने अनुमान गरिएको छ ।

शुरुमा बल स्वीङ हुने हुँदा ब्याट्सम्यानलाई चुनौती हुन सक्छ । त्यसैले यो पीचमा खेल्दा टस जित्ने टिमले पहिला बलिङ रोज्ने सम्भावना पनि उत्तिकै छ ।

 भारतीय टीम

रोहित शर्मा, शिखर धवन, विराट कोहली, श्रेयस अय्यर, ऋषभ पंत, हार्दिक पांड्या, क्रुणाल पांड्या, भुवनेश्वर कुमार, शार्दुल ठाकुर, युजवेंद्र चहल, टी नटराजन, केएल राहुल, शुबमन गिल, सूर्यकुमार यादव, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा और कुलदीप यादव।

इंग्ल्याण्ड टिम

इयोन मोर्गन, जोस बटलर, जॉनी बेयरस्टो, जेसन रॉय, बेन स्टोक्स, लियाम लिविंग्सटोन, मोइन अली, आदिल रशीद, सैम करन, टॉम करन, मार्क वुड, सैम बिलिंग्स, रीसे टॉपले और मैथ्यू पार्किंसन।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey