अन्तर नगरपालिका सोतोकानमा तारकेश्वर च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०७
  • |
  • 635 पटक हेरिएको

काठमाडौं ।  तारकेश्वर नगरपालिका अन्तर नगरपालिका सोतोकान कराते च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएको छ ।
सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो ।

तारकेश्वरले कुल १० स्वर्ण, तीन रजत र एक कांस्य पदक पदक जितेको थियो । च्याम्पियन तारकेश्वरले नगद ३० हजार रुपैयाँसहित च्याम्पियनको ट्रफी जित्यो ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाले दोस्रो स्थान प्राप्त गर्दा दुई स्वर्ण, ३ रजत र एक कांस्य पदक जित्यो । चन्द्रगिरि नगरपालिकाले एक स्वर्ण, दुई रजत र तीन कांस्य पदक जित्दै तेस्रो स्थानमा प्राप्त गर्‍यो । कागेश्वरीले २० हजार र चन्द्रागिरि नगरपालिकाले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा कुल उपत्यकाका कुल १४ नगरपालिकासहित १८ टोलीका २ सय ५० खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आयोजक टोलीका अनिल उपरकोटी पुरुषतर्फ र महिलामा कला लिम्बु उत्कृष्ट फाइटर घोषित भएको सोतोकान कराते डो संघ नेपालका अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

उत्कृष्टद्वय अनिलले १५ हजार र कलाले १० हजार रुपैयाँ प्राप्त गरे । उक्त प्रतियोगितामा मध्यपुर थिमी नगरपालिका अनुशासित टोली ठहरियो ।

प्रतियोगिताका विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा,टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, तारकेश्वर नपाका वडा–१० का अध्यक्ष अमृत थापा र आयोजक संघका अध्यक्ष नारायण खड्कालगायतले पुरस्कृत गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey