गौतमबुद्ध रंगशाला निर्माण सहयोगका लागि पोखरामा क्रिकेट प्रतियोगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-०१
  • |
  • 532 पटक हेरिएको

चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक समस्या भइरहेको छ ।

केहि दिन अगाडी सो रंगशाला बनाइरहेको धुर्मुस सुन्तली फाउन्डेसनले अहिले नै ११ करोड भन्दा बढि रकम घाटामा रहेको बताएको थियो ।

सो रंगशाला निर्माणका लागि जनस्तरबाट पनि रकम संकलन भइरहेको छ । यसका साथै विभिन्न समयमा विभिन्न प्रतियोगितापनि भइरहेका छन । यस्तैमा फेरी सो रंगशाला निर्माणका लागि पोखरामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चैतको दोस्रो साता हुने सो प्रतियोगिता मालेपाटन क्रिकेट क्लवले गर्न लागेको हो । पोखराको मालेपाटन स्थित बाराही मावीको मैदानमा हुने प्रतियोगिता चैत १३ देखि १६ गतेसम्म हुनेछ ।

सो प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १३ हजार रुपैयाँ पाउनेछन । सो प्रतियोगिताबाट संकलन भएको रकम गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey