गोविन्दलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-२८
  • |
  • 329 पटक हेरिएको

आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा गोविन्दले सर्वाधिक ४५ अंक  जोडे । ४० अंकसाथ लुम्बिनी प्रदेशका नवीन नेपाल दोश्रो भए । कर्णाली प्रदेशका बसन्त चौधरी र प्रदेश २ का जितेन्द्र चौधरी संयुक्त रुपमा तेश्रो भए । ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

बारबर्दियाको धमपुरमा भइरहेको प्रतियोगिताको सोही स्पर्धाको महिलामा ४८ अंकसाथ आयोजककी लज्जु चौधरी पहिलो भइन् । ४२ अंक बटुलेकी लुम्बिनीकी रितु चौधरी दोश्रो भइन् । बागमती प्रदेशकी कविता थारु र प्रदेश २ की सावित्रा चन्दले तेश्रो स्थानमा चित्त बुझाए । उक्त स्पर्धामा पनि सातै खेलाडी सहभागी थिए ।

पुरुष ६० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण, प्रदेश १ का प्रदीप चौधरीले रजत तथा गण्डकी प्रदेशका सुरेश बुढा र लुम्बिनीका स्वर्णिमले कांस्य जिते । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey